Connect with us
Kapilvast Forest

माफी मागेपछि मिल्यो फिल्म ‘बादशाह जुट’ र नेपाल मुस्लिम संघबीचको विवाद

२०७६, २८ आश्विन मंगलवारमा प्रकाशित

काठमाडौं । फिल्म ‘बादशाह जुट’र नेपाल मुस्लिम संघ बीचको विवाद टुङ्गिएको छ । फिल्म निर्माण कम्पनी एच एण्ड वि फिल्मस्ले नेपाल मुस्लिम संघसँग क्षमायाचना मागेपछि दुबै बीचको विवाद टुङ्गिएको हो ।

निर्माण युनिटले केही साता अगाडि फिल्मको प्रचारका लागि सार्वजनिक गरेको ट्रेलर मुस्लिम समुदायलाई जातीय रुपमा आँच आउने, समाजमा विभेद हुने, जातीय हिंसा हुने, नेपाली समाजमा मिलेर बसेका सबै जातजातीलाई दोषारोपण हुने खालको भएको भन्दै नेपाल मुस्लिम संघ निर्माण कम्पनिलाई गत २५ गते पत्रचार गरेको थियो । संघका गण्डकी प्रदेशका सभापति शाह मोहम्मद मियाँको हस्ताक्षरित पत्रमा फिल्मको ट्रेलरलाई सामाजिक सञ्जालबाट हटाउन निर्देशनसमेत दिइएकोे थियो ।

नेपाल मुस्लिम संघ र फिल्म निर्माण कम्पनी बीचको छलफलपछि विवाद मिलेको हो । एच एण्ड वि फिल्मस्ले मुस्लिम संघसँगको फिल्म विवाद मिलेको बताएको छ ।

फिल्मस्ले एक विज्ञप्तिमार्फत् ट्रेलरमा राखिएको केही दृश्य तथा ध्वनीले मुस्लिम समुदायमाथि अपमान भएको भनि उठेको टिप्पणीलाई गम्भीर रुपमा लिएको जनाएको छ ।

निर्देशक जोनी सिंह राणा र निर्माता भोजराज श्रेष्ठ हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘ट्रेलरमा समावेश दृश्यले मुस्लिम समुदायलाई ठेस पुग्न गएकोमा क्षमायाचना गरिएको छ ।’

छलफलमा विवाद टुङ्गिएको छ,’ विज्ञप्तिमा अगाडि लेखिएको छ, ‘मुस्लिम संघले गरेको अनुमान फिल्म रिलिजपछि फेल हुने छ ।’चलचित्र सेन्सरबोर्डबाट पिजी सर्टिफिकेट (१६ वर्ष मुनिकाले अभिभावकका साथ हेर्न पाउने) पाएको यो फिल्मले कुनै धर्म, जातजाति र समुदायलाई आँच नपुर्याउने दाबी निर्माण कम्पनीको छ ।

आफूलाई बादशाह सम्झने दुई युवकको कथामा बनेको फिल्ममा सुशील सिटौला, आमिर गौतम, रविन तामाङ, रोशी खड्का, रश्मी पाण्डेलगायतका कलाकारहरुको अभिनय छ ।

हर्कबहादुर कुँवर (पिटर) र भोजराज श्रेष्ठ (मिकी)को निर्माण रहेको फिल्ममा अभिनेत्री प्रियंका कार्की अतिथि भूमिकामा छिन् ।राज कुमार उप्रेतीको द्वन्द्व, कृष्ण भारद्वाज, कोशिस क्षेत्री र मोहित मुनालको संगीत, दीर्घ खड्काको सम्पादन फिल्मा छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu