Connect with us
Kapilvast Forest

संरक्षणको अभावमा कपिलवस्तुको अजिगरा ताल

२०७६, २८ आश्विन मंगलवारमा प्रकाशित

  • सनिउल्ला धोबी,कपिलवस्तु असोज २८,

संरक्षणको अभावमा कपिलवस्तुको अजिगरा ताल अतिक्रमणको चपेटामा पर्दे गाएको छ । कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं ७ मा रहेको अजिगरा ताल संरक्षण नगरिदा संकटमा पर्दे गएको हो । ऐतिहासिक प्राकृतिक ताल संरक्षण र सम्बद्र्धनको अभावका कारण घाँसे मैदानमा परिणत हुदै गएको छ ।

करिब सय बिघाभन्दा बढी क्षेत्रफलमा फैलिएको तालमा स्थानियले संरक्षण नगर्दा माटोले पुरिएर अस्तित्व नै लोप हुने सङ्घारमा छ । ताल संरक्षणका लागि भरपर्दो टेवा पर्खालको व्यवस्था नहुँदा ताल पुरिँदै गएको कर्मा गाँउका सहदेव मुराउले बताउनुभयो । ताल संरक्षणका लागि नगरपालिका कार्यालयमा आवश्यक बजेटका लागि माग गर्दा समेत सुनवाइ हुन नसकेको मुराउले बताए ।

तालमा अतिक्रमण हुन थालेपछि ताल क्षेत्रमा रहेका जलपन्छी, माछाका प्रजाति, कछुवा र अजिङ्गरसमेत बासस्थानको अभावमा लोप हुने थालेका छन । सम्बन्धीत निकायबाट तालको संरक्षण हुन नसक्दा चारैतिरबाट घाँसले भरिभराउ हुन थालेपछि ताल अहिले घाँसे मैदानमा परिणत हुँदै गएको हो ।

तालको संरक्षणका लागि सरकारले बाध बाधेर सिचाईको लागि प्रयोग गर्न सकिने स्थानिय रमेश यादवले बताए । जैविक विविधता संरक्षण, पर्यटकीय हिसाबले रमणीय र अध्ययन अनुसन्धानका दृष्टिकोणले उचित रहेकोले ताल संरक्षण गर्नुपर्ने रमेश यादवको माग छ ।

तालमा विभिन्न प्रकारका स्थानीय माछाका प्रजातिहरु, जलचर प्राणी, बकुल्ला, हाँस, चखेवा लगायत हिँउदमा पाईने शारस चराहरु रहेका बताएका छन । शारस प्रजाती चरा समेत पाईने यो तालमा व्यवस्थापनको अभावका कारण जैविक विविधता संरक्षण हुन सकेको छैन ।

अजिगरा तालमा जंगली धान(तिन्नी) को प्रकृतिक उपज स्थलका साथै विभिन्न स्वदेशी तथा विदेशी चराहरुको प्रजन्न स्थलको रुपमा रहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu