भौतिक पुर्वाधार विकास मन्त्री विजयनगरमा आउँदै
- असोज २८ गते –विजयनगर
कपिलवस्तुको विजयनगर गाउँपालिकाको आयोजनामा शुभकामना आदान प्रदान कार्यक्रम हुने भएको छ । प्रदेश नं. ५ का भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीको प्रमुख अतिथ्यतामा शुभकामना आदान प्रदान हुने कार्यक्रममाभोली बुधवार आउनु हुने भएको छ ।
नेपालीहरुको महान पर्व विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको पावन अवसरमा शुभकामना आदान प्रदान कार्यक्रममा आमन्त्रीत गरिएको हुँदा गाउँपालिकाको वडा नं. १ गुगौलीको दुधाधारी बाबा बगैचामा कार्यक्रम हुने गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले जानकारी दिनु भएको छ ।
उक्त कार्यक्रममा समाजसेवी, बुद्धिजीवी, राजनीनिक दलका प्रतिनिधि, कर्मचारी, अभिभावक शिक्षक, विद्यार्थी लगायत सम्पूर्ण विजयनगरबासीहरुलाई उपस्थित भई दिनुहुनका लागि गाउँपालिका अध्यक्ष थापाले अनुरोध गर्नु भएको छ । कार्यक्रम भोली बुधवार बिहान ११ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ ।