Connect with us
Kapilvast Forest

नेकपाका नेता कार्यकर्तामा ग्याष्ट्रिक र अल्सरले सतायो : प्रचण्ड

२०७६, ३० आश्विन बिहीबारमा प्रकाशित

चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाका नेता कार्यकर्तामा ग्याष्ट्रिक र अलसरले सताएको टिप्पणी गरेका छन् ।

बिहीबार चितवन पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा उनले पछिल्लो समय पार्टीका नेता कार्यकर्तामा कम्युनिष्ट आचरण हराउँदै गएको समेत बताए । जसले गर्दा आफैले ल्याएको परिवर्तन आफ्नै कारणले गुम्ने होकि भन्ने खतरा रहेको भन्दै कार्यकर्तामा लागेको पार्टीविरोधी रोग ग्याष्ट्रियक र अलसरको उपचार गर्नुपर्ने बताए ।

उनले भने, ‘पार्टी सदस्यलाई नियन्त्रण गर्न नसकेर जसले जे पायो त्यही बोल्ने र गर्ने अवस्था सृजना भएको छ । पार्टी र नेता कार्यकर्तामा अराजकता मौलाएको छ । कम्युनिस्टका लागि देशमा कहिँ कतैबाट खतरा छ भने हामी नेता र कार्यक्रताबाट नै छ । नेतामा महत्वकांक्षा हावी भएको छ । आफ्नो पृष्ठभ्रमि विसर्ने रोगले सताएको छ । यो क्रान्ति र कम्युनिष्ट लागि खतराको संकेत हो ।’

उनले अगाडि थपे, ‘बिग्रिएर कामै नलाग्ने भएका छौँ भन्ने होइन, सबैमा धूलोमैलो लागेको छ । बिगतमा राजनीतिमा आफू लाग्दाको अवस्था र अहिलेको अवस्थाको आफूले आफैलाई मूल्याकंन गर्नु पर्ने समय आएको छ ।’
कार्यकर्तालाई उपचारै नहुने गरी क्यान्सर चाहिँ नभएको भन्दै उनले भने, ‘ग्याष्ट्रिक र अल्सर भएको छ, बेलैमा उपचार गरि पार्टीलाई कम्युनिष्ट पार्टीजस्तो बनाउन सबै जुट्नु पर्छ ।’

उनले नेता र कार्यक्रतामा गलत प्रवृत्ति हावी भए सोभियत संघ विघटन भएजस्तै गरी नेपालका कम्यनिष्ठहरु पनि सकिने चेतावनी दिए ।

अर्को प्रसंगमा उनले विकास, समृद्धि र शान्तिका निम्ति दुई छिमेकी मुलुक सँगको सम्बन्धमा सुधार भएको बताए ।

सो अवसरमा गृहमन्त्री रामबहादुर थापा बादलले नेपाललाई समृद्ध र विकासको नयाँ उचाइमा पुर्याउन सबै राजनीतिक दल एक भइ सहकार्य गर्नु जरुरी रहेको बताए ।

देशलाई विकासको शिखरमा पुर्याउन आर्थिक र राजनीतिक समस्यासँगै केही पुरातनवादीहरु पनि बाधक रहेको बताउँदै उनले त्यस्ता तत्वहरुलाई निस्तेज गर्न सबै एक हुनुपर्ने बताए ।

यस्तै पूर्वअर्थमन्त्री तथा नेकपा स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डेले जनताका भावना विपरित बढी कर लिइन नहुनेमा जोड दिए ।

बढी कर लिए त्यसले सरकारलाई समस्या सृजना गर्न सक्ने भन्दै उनले करका बिषयमा सचेत हुनु पर्ने बताए ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu