Connect with us
Kapilvast Forest

‘जिउँदो मान्छेलाई इँटाभट्टामा हाल्ने आतंककारी हुन्’ अध्यक्ष : कमल थापा

२०७६, २ कार्तिक शनिबारमा प्रकाशित

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले जिउँदो मान्छेलाई इँटाभट्टामा हालेर मार्ने अपराधीलाई कुनै हालतमा छाड्न नहुने बताएका छन्।

रौतहटमा नेपाली कांग्रेसका नेता मोहम्मद आफताव आलमले पहिलो संविधानसभाको निर्वाचनका क्रममा बम विस्फोटमा परेका २३ जनालाई इँटा भट्टामा हालेर हत्या गरेको घटनामा कांग्रेस सभापति शेरबहादुर देउवा बचाउमा उत्रिएको सन्दर्भमा थापाले यस्तो बताएका हुन्।

यो प्रकरणलाई लमजुङका निर्दोष शिक्षक मुक्तिनाथ अधिकारीलाई रुख बाँधेर तत्कालीन माओवादीले गरेको हत्याको प्रसंगसमेत कोट्याउँदै उनले रौतहतको नरसंहारलाई त्यसैसँग तुलना गरेका हुन्। सामाजिक सञ्जालमार्फत् शनिबार आफ्नो धारणा सार्वजनिक गर्दै थापाले यस्ता जघन्य अपराध र आतंककारी गतिविधिमा संलग्नलाई कुनै हालत नछाडिने बताएका छन्।

‘निर्दोष शिक्षकलाई रुखमा बाँधेर हत्या गर्ने, चन्दा नदिएको कारण जनप्रतिनिधिलाई गोली हानी मार्ने र जिउँदो मान्छेलाई इँट्टाभट्टामा हालेर मार्ने कार्य अमानवीय, जघन्य र आतंकाकरी गतिविधि हुन्’, उनले भनेका छन्, ‘यस्ता अपराधलाई राजनीतिक रंग र संरक्षण दिने काम नगरौं। जतिसुकै वर्ष लागोस्, अपराधीले कदापि उन्मुक्ति पाउने छैन।’ अध्यक्ष थापाले अहिलेको राजनीतिमा अपराधीहरूको वर्चस्व रहेको पनि दाबी गरेका छन्। ‘अहिले राजनीतिमा अपराधीहरुको बर्चस्व छ, त्यसैले केही समय ढाकछोप गर्न सकिएला’, उनले अगाडि भनेका छन्, ‘सधैँ यस्तो रहन्न।

एकदिन सत्य, धर्म र राष्ट्रवादको जित हुनेछ। त्यो दिन चाँडै आउने छ, अवश्य आउने छ।’ उनले जघन्त मानवीय अपराध र आतंककारी गतिविधिमा संलग्नलाई कुनै हालतमा नछाडिने बताए । ‘त्यस दिन आतंककारी, भ्रष्टाचारी र देशद्रोहीहरुलाई कानुनको कठघरामा खडा गरिने छ’, उनले भने, ‘उनीहरूले उन्मुक्ति पाउने छैनन्।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu