Connect with us
Kapilvast Forest

ठूला र शक्तिशाली राष्ट्रका स्वार्थबाट जोगाई राख्नुपर्ने चुनौती: नेता नेपाल

२०७६, २ कार्तिक शनिबारमा प्रकाशित

madhav

काठमाडाैं  ।नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले ठूला र शक्तिशाली राष्ट्रका स्वार्थबाट आफूलाई जोगाई राख्नुपर्ने चुनौती थपिएको बताए। नेता नेपालले हालै चिनियाँ राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमणपछि विश्वको ध्यान नेपालतिर आकर्षित भएको बताए।

उनले राष्ट्रपति सी भ्रमणको सफलतासँगै खतरा पनि बढेको बताए। सञ्चार केन्द्र नेपालले ‍शनिबार राजधानीमा गरेको अन्तरक्रियालाई सम्बोधन गर्दै उनले सबै ठूला राष्ट्रका आ आफ्ना किसिमका स्वार्थ हुने भएकाले ती स्वार्थ पूरा गर्ने माध्यम बन्नबाट आफूलाई जोगाई राख्नु मुख्य चुनौती भएको बताए।

नेता नेपालले पञ्चशिलताको सिद्धान्तको आधारमा स्वतन्त्रता, स्वभिमान, आन्तरिक मामिलामा अहस्तक्षेपको सुनिश्चिता गर्दै छिमेकी राष्ट्रसँगको सम्बन्ध कायम गर्नुपर्नेमा जोड दिए। उनले भने, ‘धेरै माया गर्‍यो भने खत्रै हुन्छ जस्तो। किन भने सबका आफ्ना आफ्ना हित हुन्छन्। हरेक ठूला राष्ट्रहरूका आफ्ना स्वार्थ हुन सक्दछन्। नेपाल यी सबै चिजबाट जोगिनुपर्छ। नेपालको स्वतन्त्रता, स्वाभिमान आन्तरिक मामिलामा अहस्तक्षेप, पारस्परिक लाभको सिद्धान्तको आधारमा सम्बन्ध कामय हुनुपर्छ।’ उनले गैह आवासीय नेपाली संघको नयाँ नेतृत्वका लागि निर्वाचित पदाधिकारीलाई नेपालप्रतिको उद्देश्यमा स्पष्ट हुन आग्रह गरे।

दोहोरो नागरिकता र राजनीतिक अधिकारको खोजीलाई उनले ‘चिचि पनि पापा पनि’ को संज्ञा दिदै त्यस्तो सुविधा असंभव रहेको बताए। नेता नेपालले भने, ‘दुई वटा नाउमा खुट्टा राख्ने मान्छे सागर गर्न सक्दैन। चिचि पनि पापा पनि हुँदैन। राजनीति गर्न खोजेको भए पहिला जनताको मन र विश्वास जित्नुहोस्। उद्देश्यमा क्लियर हुनुहोस्।’ नेता नेपालले पुँजी, सीप र प्रविधिको राम्रो प्रयोग गरेर मुलुकलाई आर्थिक रुपान्तरणको बाटोमा अग्रसर गराउनुपर्ने र त्यसका लागि बानी व्यवहारमा परिर्वतन गर्नुपर्ने आवश्यकता औल्याए।

उनले नियम कानुनलाई खुकुलो बनाई लगानीमैत्री वातावरण सिर्जना गरी स्वदेशमै रोजगारीको अवसरहरू सिर्जना गर्नुपर्ने बताए। विश्वका कतिपय राष्ट्रहरूको दृष्टान्त दिदै उनले सरकारले गैह्आवासीय नेपालीलाई सम्मान गर्दै मुलुकको विकासका लागि उनीहरूको साथ र सहयोग लिनुपर्ने पनि बताए।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu