मोटरसाइलमा ल्याउँदै गरेको १९ किलो चाँदी बरामद
बारा । सिम्रौनगढ नाकाबाट ठूलो परिमाणमा अवैध तवरले ल्याउँदै गरेको चाँदीसहित एक जना पक्राउ परेका छन् । सशस्त्र प्रहरीले सिम्रौनगढ नगरपालिका–६ सतुवाही नाकाबाट १९ किलो एक सय ग्राम चाँदीसहित बारागढी गाउँपालिका–६ घर भएका ३२ वर्षीय मुख्ती साहलाई पक्राउ गरेको हो ।
भारतबाट बीआर ६ एम १०६० नम्बरको भारतीय मोटरसाइकलमा चाँदी लिएर आइरहेको अवस्थामा साहलाई पक्राउ गरिएको सशस्त्र प्रहरीका प्रवक्ता सुरज श्रेष्ठले बताउनुभयो । बरामद चाँदीको बजार मूल्य करिब १४ लाख रूपैयाँ पर्ने सशस्त्र प्रहरीले जनाएको छ ।