जुवा खेलिरहेका अवस्थामा सात जना पक्राउ
दाङ । जुवा खेलिरहेका अवस्थामा सातजना पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका–१७, गुलरीया पार्क नजिकै बस्ने भक्त भण्डारीको घरमा जुवातास खेलिरहेको अवस्थामा पूर्ण वलीसमेत ७ जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले नगद १ लाख १३ हजार ५ सय रुपैयाँ पनि बरामद गरिएकाे जनाइएकाे छ ।
यस सम्बन्धी थप अनुसन्धान भइरहेकाे केन्द्रीय प्रहरी परिसर काठमाडाैंले जानकारी दिएकाे छ ।