Connect with us
Kapilvast Forest

जब मान्छेमाथि डोजर चल्यो

२०७६, ६ कार्तिक बुधबारमा प्रकाशित

बैतडी । डोजरले हुत्याउँदा दशरथचन्द–९ की गौरी जोशी घाइते भएकी छन्। सुन्नाखानबाट पार्स जोड्ने सडक खन्ने विषयमा सोमबार ग्वाल्लेक चिलाउनेमा झडप भएको थियो। त्यसमा आठ जना घाइते भएका हुन्। त्यस बेला सडक रोक्ने पक्षकी गौरीलाई डोजरले हुत्याएको थियो।

गौरीको स्वास्थ्य अवस्था गम्भीर रहेको उनका पति जगदीशले बताए। ‘म त डडेलधुरामा एउटा होटलमा काम गर्ने मान्छे हुँ। हाम्रो जमिनमा डोजर नचलाऊ भन्दा डोजरले नै श्रीमती हुत्याएछ’, उनले भने, ‘उनको उपचार गर्न कोहलपुर आइपुगेको छु। डोजरले मान्छे हिर्काउँदासम्मको अवस्था कस्तो भयो होला तपार्इं आफंै विचार गर्नुहोस्।’ धनगढीमा सिटीस्क्यान नभएपछि कोहलपुर लगेर उपचार गराइएको उनले सुनाए।

उक्त घटनापछि स्थानीयवासी त्रसित देखिएका छन्। ‘हामी मिलेर बसेका थियौं। यो घटनाले झस्काएको छ’, धाना जोशीले भनिन्, ‘मैले अपरेटरसँग डोजर नचलाउनुहोला, सहमति नभए झडप हुन्छ भनेको मानेनन्। सबैलाई चोट लागेको छ। गाउँमा त्रास फैलिएको छ।’

सुन्नाखानबाट दुई वर्षअघि सुरु गरिएको सडक निर्माण चिलाउनेसम्म पुगेको थियो। त्यहाँबाट झन्डै ३ सय मिटर दूरीको पार्ससम्म नगरपालिकाले निर्माण गर्न भनेको थियो। तर, तिहारपछि सहमति गरेर मात्र सडक काट्ने सल्लाह भए पनि उपभोक्ता समितिले त्यसअघि नै जबजस्ती सडक काटेको स्थानीयले बताएका छन्। ‘हाम्रो जमिनमा हामीसँग सहमति नगरी डोजर चलाउनु कत्तिको जायज हो ? ’, गोमती जोशीले भनिन्, ‘यो विषयमा सबै पक्षले सोच्नुपर्ने हो।’ आजको अन्नपुर्ण दौनिकमा समचार छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu