Connect with us
Kapilvast Forest

तिहार मनाउन उपराष्ट्रपति पुन पुख्यौली घरमा

२०७६, ९ कार्तिक शनिबारमा प्रकाशित

उपराष्ट्रपति नन्दबहादुर पुन आफ्नो पुख्यौली घर आउनुभएको छ । परिवर्तन गाउँपालिका–२ रांसीको डाँडागाउँमा जन्मघर भएका उहाँ तिहार मनाउन आउनुभएको बताइएको छ ।

पहिलो कार्यकाल उपराष्ट्रपति भएका बेला घर आउनुभएका उपराष्ट्रपति पुनको दोस्रो कार्यकाल पछिको यो पहिलो आगमन भएको उहाँका भाइ भीमप्रकाश पुनले जानकारी दिनुभयो । उपराष्ट्रपति पुनले तिहारमा दिदीबहिनीको हातबाट टीका ग्रहण गर्ने कार्यक्रम छ । उहाँ गाउँपालिका स्तरमा हुने विभिन्न कार्यक्रममा सरिक हुने कार्यतालिका तय भएको वडाध्यक्ष हरिप्रसाद बुढाले जानकारी दिनुभयो ।

स्थानीय सरकार गठनपछि पहिलोपटक गृह गाउँपालिका आउनुभएका उपराष्ट्रपतिलाई स्थानीयले झाकी तथा बाजागाजासहित भव्य स्वागत गरेका थिए । आफ्नो गाउँपालिकामा उपराष्ट्रपतिको आगमनले आफूहरु निकै हर्षित भएको गाउँपालिकाका अध्यक्ष निमकान्त डाँगीले प्रतिक्रिया दिनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu