ट्रम्पमाथि महाअभियोगको औपचारिक तयारी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग लगाउनेबारे पहिलो औपचारिक मतदान हुने भएको छ । तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले ट्रम्पविरुद्ध महाअभियोग लगाउने बताउनुभएको हो ।
ट्रम्प प्रशासनले केही ढाकछोप नगरेको कुरा सुनिश्चित गर्न महाअभियोग आवश्यक रहेको पेलोसीको भनाई छ । महाअभियोगले ह्वाइट हाउसले कुनै दस्तावेज लुकाउन सक्ने वा नसक्ने, कुनै निर्देशन टेर्ने अथवा नटेर्ने अथवा छानबिनमा प्रत्यक्षदर्शीलाई रोक्न सक्ने वा नसक्ने विषयमा रहेका द्विविधालाई अन्त्य गर्ने पेलोसीले बताउनुभयो ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन दलले भने डेमोक्रेट नेतृत्वको महाअभियोग छानबिन प्रक्रियामा पारदर्शिताको अभाव रहेको आरोप लगाएको छ ।