Connect with us
Kapilvast Forest

कपिलवस्तुको कृष्णनगरमा कफ्र्यु, प्रहरीले गोली चलाउदा एक जनाको मृत्यु

२०७६, १४ कार्तिक बिहीबारमा प्रकाशित

कार्तिक १४ कपिलवस्तु
कपिलवस्तुले कृष्णनगरमा लागेको कफ्र्युको अवज्ञा गरेपछी प्रहरीले चलाएको गोली लागि एक जनाको ज्यान गएको छ । प्रहरीले चलाएको गोली लागि कृष्णनगर नगरपालिका २ का २० बर्षिय सुरज कुमार पाण्डेको ज्यान गएको हो ।

जिल्ला प्रशासन कार्यलय विहान ११ वजे देखी लागु हुने गरी अनिश्चित कालिन कफ्र्यु आदेश जारी गरेको छ ।

कृष्णनगर बजार क्षेत्रमा लक्ष्मी पुजाको मुर्ती बिर्सजन विषयमा स्थानियहरु विच विवाद भएपछी झडप समेत भएको थियो । विवाद पछि गोली चल्दा उक जनाको ज्यान गएको छ । प्रहरीले चलाएको गोली लागेर स्थानिय सुरज पाण्डेको ज्यान गएको छ ।

वुधवार भएको उक्त झडप उग्र बनेपछी कफ्र्यु आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी गजेन्द्र वहादुर श्रेष्ठले वताउनुभयो । झडपमा परी केहि स्थानिय र प्रहरी घाइते समेत भएका छन ।विषय सामान्य भएभपनि विवाद उत्कर्षमा पुगेकोले अवस्था जटिल बनेको प्रहरीको वुझाई छ । प्रहरीले झडपलाई नियन्त्रण गर्न वुधवार मात्र ५० राउण्ड अश्रुग्यास प्रहार गरेको थियो ।

आज विहान जिल्ला प्रशासनले कृष्णनगर भन्सार कार्यलय देखी उत्तर तर्फ ७ सय मिटर,पश्चिम तर्फ ७ सय मिटर,पुर्व तर्फ ३ सय मिटरमा कफ्र्यु लगाइएको जनाएको छ । कफ्र्यु आदेश अवज्ञा गरे कानुन बमोजिम कारवाही हुने जिल्ला प्रशासनले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu