Connect with us
Kapilvast Forest

कृष्णनगर घटनामा मिडिया संयमित हुन पत्रकार महासंघको आग्रह

२०७६, १४ कार्तिक बिहीबारमा प्रकाशित

कपिलवस्तुको कृष्णनगरमा हिजो दिपावलीको लक्ष्मी पुजाको मूर्ति विसर्जनको क्रममा भएको विवादमा संलग्न सवै पक्षलाई संयमित हुन नेपाल पत्रकार महासंघ कपिलवस्तुले आग्रह गरेको छ । विगतमा जस्तै सिमाक्षेत्रमा हुनसक्ने साम्प्रदायिक घटना प्रति कृष्णनगरबासी, सुरक्षा निकाय तथा मिडिया जगत सचेत भई सामाजिक सद्भाव कायम राख्न आग्रह गर्दछ । सदियौं देखिको आपसी सद्भाव, भाइचारा र एकतालाई कायम राख्न सवैपक्ष जिम्मेवार भई सवै जातजातीको चाडपर्व, रितीरिवाज र सँस्कृतिलाई सम्मान गर्न पनि अनुरोध गरेको छ । जातीय सद्भाव र मेलमिलापलाई खलल पु¥याउने कार्य जो कसैले पनि गर्न नहुने हाम्रो ठहर छ ।

नेपाली समाज सामाजिक सहिष्णुतामा आधारित भएर अगाडी बढ्न सफल भएको हो । सामाजिक सद्भाव विगार्ने कार्य कानुनी तथा सामाजिक रुपमा दण्डनीय भएकोले यस्ता अबाञ्छनिय गतिविधी गर्ने कुनै पनि व्यक्तिलाई कानुनी दायरामा ल्याउनुपर्ने महासंघले जोडदार माग गर्दछ । कपिलवस्तुको कृष्णनगरको हुन सक्ने सम्भावित घटना प्रति कृष्णनगरबासी संगसंगै मिडिया जगत पनि संयमित हुन आग्रह गर्दछ । जिल्लाका सम्पूर्ण संचार माध्यम तथा आवद्ध पत्रकारलाई सामाजिक सद्भाव र एकता कायम राख्ने गरी समाचार सम्प्रेषण गर्न अनुरोध गरेको छ । संचारमाध्यम तथा पत्रकारले पत्रकार आचार संहिता पूर्ण पालना गर्दै जिम्मेवार पत्रकारिता गर्न आग्रह समेत गरेको नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसाल तथा सचिव हरि अधिकारीद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu