Connect with us
Kapilvast Forest

प्रशासनद्धारा मुर्ती विर्सजन, कफ्र्यु अझै जारी

२०७६, १५ कार्तिक शुक्रबारमा प्रकाशित

सनिउल्ला धोबी, कपिलवस्तु, कार्तिक १५,

 कपिलवस्तुको कृष्णनगरमा विवदित लक्ष्मी देवीको मुर्ति प्रशासनले विर्सजन गरेको छ । गत बुधबार सडक प्रयोग गर्ने विषयमा दुई समुह विच विवाद भएको थियो ।  जिल्ला प्रशासन कपिलवस्तुका अनुसार मुर्ती गएराती प्रहरी प्रसाशनले नजिकैको पोखरीमा विर्सजन गरीएको शसस्त्र प्रहरी वल सिमा सुरक्षा कृष्णनगर गुल्मका प्रमुख शुशिल कुमार शाहीले जानकारी दिनु भयो ।

विवादका कारण विहिबार दिनभरी कृष्णनगर तनाव ग्रस्त बनेको थियो । प्रशासनले जारी गरेको कफ्र्यु आदेश तोड्ने क्रममा विहिवार गोली चल्दा भारतीय नागरिक सुरज कुमार पाण्डे मृत्यु भएको थियो । मृतक पाण्डेको शव पोष्टमार्टमको लागि जिल्ला अस्पाताल तौलिहवा लगिएको छ ।
बुधबार साँझ मुर्ति विर्सजनको क्रममा स्थानीय दुई समूहमा विवाद भएपछि प्रहरी १५ राउण्ड हवाई फायर र अश्रु ग्यास प्रहर गरिएको थियो ।
तनाव ग्रस्त रहेको कृष्णनगर बजारमा विहिवार विहान ११ बजे देखि अर्को आदेश नभए सम्मका लागी कफ्र्यु आदेश जारी गरेको छ ।

कृष्णनगर भन्सार कार्यालय देखी उतरतर्फ ७ सय मिटर ,पश्चिम तर्फ ७ सय मिटर र पूर्ब तर्फ ३ सय मिटर क्षेत्र भित्र अर्को सूचना जारी नहुँदासम्म कसैलाई घर बाहिर निस्कन, आवतजावत गर्न तथा भेला, जुलुस एवं हुलदङ्गा नगर्न आदेश दिइएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu