Connect with us
Kapilvast Forest

मायादेबि फाउन्डेसनकाे सहयाेगमा डेंगुकाे निशुल्क परिक्षण

२०७६, १५ कार्तिक शुक्रबारमा प्रकाशित

नरेश के सी भैरहवा, कार्तिक १५ ।

भैरहवामा डेगु राेगकाे निशुल्क स्वास्थय परिक्षण हुने भएकाे छ । मायादेवि चेरिटेबल फाउन्डेसन भैरहवाकाे सहयाेगमा १ सय ५० थान डेगु परिक्षण कीट बुद्धचाेक स्थित बिजय फार्मेसी तथा चाैधरि प्याथाेलाेजिलाई फाउन्डेसनको संस्थापक रबि राैनियारले हस्तान्तरण गरे । मायादेबि चेरिटेबेलकाे सहयाेगमा बुद्ध चाेककाे बिजय फार्मेसी तथा चाैधरि प्याथाेलाेजिले निशुल्क चेकजाच गर्ने फार्मेसीका सन्चालक समेत रहेका समाजसेवि बाबुलाल यादबले बताए ।

साे अवसरमा प्रदेश सभा सदस्य सन्ताेष पान्डेल समय फेरिएकाे भन्दै काम गर्ने काम गर्नेकाे बिचमा प्रतिस्पर्धा हुनु पर्ने बताए । उनले महामारिकाे रुपमा फैलिएकाे डेगु राेगले तिनै तहका सरकारलाई चिन्तित बनाईरहेकाेबेला डेगु राेग नियन्त्रणमा मायादेबि चेरिटेबल फाउन्डेसनकाे सहयाेगि काम प्रशसनिय भएकाे बताए ।

सासद पान्डेले गरिब तथा विपन्न वर्गका जनताले निशुल्क रुपमा डेगु चेकजाच गराउने माैका पाएकाे पनि बताए । उक्त प्याथाेलाेजिले अाम मानिस जाे अाए पनि डेगुकाे र खकारकाे पनि निशुल्क चेकजाच गर्ने शैलेश उपाध्ययले बताए । हरेक हप्ता निशुल्क खाना बितरण गर्दै अाएकाे फाउन्डेसनले यश अघि लुम्बिनी प्रेस क्लब अाबद्ध पत्रकारहरुकाे बार्षिक रुपमा पाच लाख बराबरकाे स्वास्थय बिमा समेत गर्ने घाेषणाा गरेकाे छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu