विजयनगर गांउपालिका ०६ छुटपाटिमा राष्ट्रिय जनमोर्चाको वडा भेला सम्पन्न ।।
नवराज पौडेल कार्तिक १८ गते कपिलवस्तु
कपिलवस्तुको विजयनगर गांउपालिका ०६ छुटपाटिमा सोमबार मा राष्ट्रिय जनमोर्चाको वडा भेला सम्पन्न भएको छ । भेलालाई सम्बोधन गर्दै कार्यक्रम का प्रमुख अतिथी रा.ज.मो जिल्ला सल्हाकार तथा अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का केन्द्रिय सदस्य केयर सिंह अदैले राष्ट्रिय जनमोर्चा पंञ्चायती व्यवस्था विरुद संघर्ष गरेको पुरानो पार्टी भएको र प्राय धेरै नेताहरु यही पार्टी बाट पाठ सिकेर अन्य पार्टीमा गएको बताउंदै आजका दिन सम्म पार्टीले कुनै भष्टचार लगाएतका राष्ट्रघाती सन्धी सम्झौता नगरेको सच्चा देश भक्ती पार्टी रहेको उल्लेख गर्नु भयो । कार्यक्रमलाई रा.ज.मो का विजयनगर गांउपालिका का अध्यक्ष गोपाल सुनार,स्थानिय बुद्धीजिवी पाटेश्वर यादवले समेत सम्बोधन गर्नु भएको थियो ।
[tps_header][/tps_header][tps_footer][/tps_footer]
भेलाले सोमबार पाटेश्वर यादव को अध्यक्षतामा ११ सदस्यीय समिती गठन गरेको जस अनुसार उपाध्यक्षमा सुर्य बहादूर जि.सी, सचिव शिव प्रसाद थारु,कोषाअध्यक्ष हिरामणी उपाध्याय, सदस्यहरुमा क्रमश वैजनाथ भर,राम प्रसाद भर,वित्ता यादव, हनुवा थारु,र सरसती थारु सर्वसहमत रुपमा चयन हुनु भएको छ । भने सल्हाकार मा राम मनोस कोरी,सक बहादुर कोरी रहनु भएको छ । भेलामा सहभागी सम्पुर्ण लाई कार्यक्रमका प्रमुख अतिथी केयर सिंह अदैले सदस्यता दिनुभएको थियो । भेला पछिको बैठकले अव का केही दिन मै गांउ कमिटी गठन गर्ने निर्णय गरेको अदैले जानकारी दिनु भएको छ ।