Connect with us
Kapilvast Forest

शिवराजमा उप निर्वाचनको मुख्य निर्वाचन कार्यालय संचालनमा ।।

२०७६, २० कार्तिक बुधबारमा प्रकाशित

दिपक के.सी. कपिलवस्तु, कार्तिक २०
कपिलवस्तुको शिवराज नगरपालिकामा यहि मंसिर १४ गते हुने उप निर्वाचनका लागी कार्यालय संचालनमा आएको छ । बुधबारबाट नगरपालिका वडा नं.५ मा मुख्य निर्वाचन अधिकृतको कार्यालय संचालनमा आएको हो ।
मंसिर १४ मा हुने उप निर्वाचनमा शिवराज नगरपालिकाको वडा नं. १० मा अध्यक्ष पदका लागी निर्वाचन हुने भए पछि कार्यालय संचालनमा आएको मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायधिस लोकजंग शाहले बताए । निर्वाचन मिति निजिकिदै गर्दा निर्वाचन कार्य सम्पादनका लागी कार्यालय संचालन भएको शाहले बताए ।
वडा नं. १० को निर्वाचनमा मनोनय पत्र दर्ता भएको उम्मेदवारको सूचि प्रकाशन कार्तिक २७ गते, उम्मेदवारको विरोधमा उजुरी दिने कार्तिक २८ गते, मनोनय पत्र र उजुरी उपर जाचबुझँ कार्तिक २९ गते, मनोनय भएको उम्मेदवारको नामावली प्रकाशन कार्तिक २९ गते, उम्मेदवारले नाम फिर्ता लिने कार्तिक ३० गते, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्तिक ३० गते,उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान मंसिर १ गते र मतदान मंसिर १४ गते गर्ने कार्यक्रम रहेको जिल्ला निर्वाचान अधिकारी अयोध्या प्रसाद अधिकारीले बताए ।
कार्यालयले मतदान पश्चात मतगणना, नतिजा घोषणा ,विजेता घोषणा लगायतको काम गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu