Connect with us
Kapilvast Forest

प्रदेश प्रमुख नियुक्तीमा आचारसंहिता लाग्दैन : आयोग

२०७६, २० कार्तिक बुधबारमा प्रकाशित

 काठमाडौं । निर्वाचन आयोगले प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्ने र नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने सरकारको निर्णय निर्वाचन आचारसंहिता विपरित नरहेको स्पष्ट पारेको छ ।

निर्वाचन आयुक्त ईश्वरी पौडेलले प्रदेश प्रमुखहरुको पदमुक्ति र नयाँ नियुक्ती तथा मन्त्रीमण्डल पुनर्गठन गर्न नपाईने भनेर निर्वाचन आचार संहितामा उल्लेख नगरिएकाले त्यसमा निर्वाचन आचार संहिता नलाग्ने बताउनुभएको हो । निर्वाचन आयुक्त पौडेलले भन्नुभयो ‘सरकारले मन्त्रीमण्डल पुनर्गठन गर्ने वा नयाँ प्रदेश प्रमुख नियुक्त गर्न नपाइने भनेर निर्वाचन आचार संहिताको कुनै पनि बूँदामा उल्लेख गरेको छैन, त्यसकारण यी विषयमा आयोगले निर्वाचन आचारसंहिता उलंघन भयो भनेर भन्न मिल्दैन ।’ पौडेलले निर्वाचन आयोगले यस विषयलाई गम्भिर रुपमा लिएको पनि उल्लेख गर्नुभएको छ ।

सरकारले प्रदेश प्रमुखको बर्खास्ती र नयाँ नियुक्ति निर्वाचन आचारसंहिता विपरित गरेको भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले आपत्ति जनाउँदै आएको छ । तर निर्वाचन आयोगले भने आचारसंहिताको कुनै पनि बूँदामा ती विषय उल्लेख नभएकाले सरकारले निर्वाचन आचारसंहिता उलंघन गरेको भन्न नमिल्ने जनाएको छ ।

निर्वाचन आयुक्त पौडेलले निर्वाचन आचारसंहिता उलंघन गर्ने राजनीतिक दल वा उम्मेदवारलाई कानुन बमोजिम कार्वाही गर्ने अधिकार सम्बन्धित जिल्लाका मुख्य निर्वाचन अधिकृत र प्रमुख जिल्ला अधिकारीलाई दिइएको समेत बताउनुभएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu