मोदीद्वारा खानलाई धन्यवाद
काठमाडौं । भारतीयव प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई धन्यवाद दिनुएको छ । भारतीय शिख धर्मावलम्बीलाई पाकिस्तानमा रहेका शिख धार्मिक क्षेत्रको भ्रमणका लागि पाकिस्तानले निशुल्क प्रवेशाज्ञा दिएपछि मोदीले पाकिस्तानी प्रधानमन्त्री खानलाई धन्यवाद दिनुभएको समाचारमा जनाइएको छ ।
‘पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतको संवेदनशीलतालाई बुझिदिनुभएको छ र सहयोग गर्नुभएको छ’, मोदीले भन्नुभयो, ‘त्यसैले म उहाँलाई धन्यवाद दिन चाहन्छु ।’