Connect with us
Kapilvast Forest

समृद्धिका नाममा प्रकृति ध्वस्त नपारौँ : प्रचण्ड

२०७६, २६ कार्तिक मंगलवारमा प्रकाशित

prachanda

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रकृतिको संरक्षणमा योगदान पुर्‍याउन सम्बन्धित क्षेत्रका विज्ञहरुलाई आग्रह गरेका छन्।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले आर्थिक गतिविधि र पूर्वाधार निर्माणका कारण विश्वमा नै वन तथा जैविक विविधता संरक्षणमा चुनौति थपिएको उल्लेख गर्दै ती समस्या समाधानमा योगदान पु¥याउने गरी आवश्यक रणनीति तय गर्न वन विज्ञहरुलाई आग्रह गरेका हुन।

मंगलबारबाट चितवनको पर्यटकीय स्थल सौराहामा सुरु भएको नवौं विश्व रेञ्जर सम्मेलनको उद्घाटन गर्दै उनले विकास र समद्धिको नाममा हुने गरेका वनलगायतका प्रकृतिको विनाश रोक्न विज्ञहरुले विशेष ध्यान दिनुपर्ने पनि स्पष्ट पारे। अध्यक्ष दाहालले वन्यजन्तु र वन पैदावरको चोरी सिकारी तथा अवैध व्यापार पनि विश्वमा समस्याको रुपमा देखिएको उल्लेख गर्दै त्यसको समाधानका लागि सम्बन्धित देशका सरकारहरुले विशेष योजना तय गर्नुपर्ने आवश्यक्ता पनि औँल्याए।

नेपाल सरकार वन तथा वातावरण मन्त्रालय र अन्तर्राष्ट्रिय रेञ्जर फेडेरेशन (आईआरएफ) को आयोजनामा सुरु भएको सो सम्मेलन ५ दिनसम्म चल्नेछ। ७२ देशका वन क्षेत्रमा कार्यरत नीति निर्माता तथा विज्ञहरु सहभागी रहेको सम्मेलनले वन तथा जैविक विविधताको संरक्षणका लागि आवश्यक रणनीति तय गर्ने अपेक्षा गरिएको छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu