Connect with us
Kapilvast Forest

लुम्बिनीमा दोश्रो अन्तर्राष्ट्रिय त्रिपिटक वाचन सुरू

२०७६, २८ कार्तिक बिहीबारमा प्रकाशित

लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीमा दोश्रो अन्तर्राष्ट्रिय त्रिपिटक वाचन सुरू भएको छ ।

त्रिपिटक वाचन कार्यक्रमको प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, प्रतिनिधि सभा सदस्य सुजिता शाक्य, लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरी, थाइल्याण्डकी पूर्वमन्त्री कुनिन सुधारतलगायतले दीप प्रज्वलन गरि शुभारम्भ गर्नु भयो ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री शंकर पोखरेलले लुम्बिनीको प्रवर्द्धनका लागि प्रदेश सरकारले योजनाबद्ध विकासका कार्यक्रम ल्याउने बताउनु भया । उहाले कपिलवस्तुको तिलौराकोट उत्खननको काम अघि बढेको भन्दै बुद्धस्थलहरूको विकासका लागि प्रदेश सरकार लागिरहेको बताउनुभयो ।

त्रिपिटक वाचन कार्यक्रमले लुम्बिनीको प्रवर्द्धनमा महत्वपुर्ण भुमिका खेल्ने भन्दै कपिलबस्तुको निग्लिहवामा कनकमुनी बुद्ध, गोटिहवामा कक्रछन्द बुद्धका प्रतिमा राख्ने र नवलपरासीको रामग्राममा बुद्ध संग्रहालय निर्माण गर्ने तयारी भइरहेको मुख्यमन्त्री पोख्ररेल बताउनु भयो

यस्तै लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले लुम्बिनीले एकताको सन्देश फैलाएको बताउनु भयो । त्रिपिटक वाचन कार्यक्रम नेपाल, भारत, श्रीलंका, जापान, थाइल्याण्ड, भियतनाम, कम्बोडिया, म्यान्मार, चीनलगायतका २५ देशका भिक्षु, भिक्षुणी, उपासक, उपासिका सहभागीता रहेको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu