Connect with us
Kapilvast Forest

आजबाट लुम्बिनी न्युज फेस्टिवल

२०७६, १ मंसिर आईतवारमा प्रकाशित

नेपालमै पहिलो पटक आयोजना हुन लागेको न्युज फेस्टिबल आजबाट लुम्बिनीमा सुरु हुंदैछ । आज अपरान्ह ३ बजे प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले उदघाटन गने फेस्टिबलमा सहभागि हुन देशै भरबाट मुलधारका सम्पादक तथा प्रदेश ५ का प्राय सबै जिल्लाबाट सञ्चारकर्मीहरु लुम्बिनीमा भेला भएका छन् ।

फेस्टिबलको पुर्व संध्यामा गरिएको सम्पादक तथा उद्योगी ब्यवसायी अन्तरक्रियामा उद्योगी ब्यवसायीहरुले सञ्चार माध्यमहरुले सधैं उद्योगी ब्यवसायीलाई दोषी बनाएर समाचार बनाउने गरेको गुनासो गरेका थिए ।

उनीहरुले मिडीया मालीकहरुले पर्याप्त पारिश्रमीक नदिंदा माफेसलका सञ्चाकर्मीबाट स्वतन्त्र समाचार आउन नसकेको समेत बताएका थिए ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रदेश ५ का उद्योग, पर्यटन तथा वाताबरण मन्त्री लिला गिरिले सञ्चारमाध्यमले ततस्थ भएर समाचार लेखिदिनु पर्नेमा कतिपय समाचारहरु बङ्ग्याएर आउने गरेको बताउनुभयो ।

नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष शिव गांउलेले पत्रकारहरुको काम हल्ला गर्ने भएपनि पत्रकारले सेवा गर्न थालेपछि समस्या देखिएको बताउनु भयो । अका पुर्व अध्यक्ष बिष्णु निष्ठुरीले बिभाजित पत्रकारले सहि सुचना दिन नसक्ने बताउनु भयो ।

लुबिनी प्रेस क्लबको आयोजनामा ३ दिन सम्म चल्ने फेस्टिवलमा नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोबिन्द आचार्य, पुर्व अध्यक्षहरु किशोर नेपाल, शिव गांउले, बिष्णु निष्ठुरी, बरिष्ठ पत्रकार मोहन मैनाली , शुभास ढकाल, शुभशंकर कंडेल, नारायण वाग्ले, रघु मैनाली लगायतको बिषयगत प्रस्तुती रहने छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu