२०७६ मंसिर ३ गतेको राशिफल
मेष- काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।
वृष- पारिवारिक रमाइलो बढ्नेछ । वैवाहिक कुरा चल्नेछ ।
मिथुन- खेलकुदमा मन जानेछ । आरोग्यताको वृद्धि हुनेछ ।
कर्कट- कला संगीतमा प्रगति देखिन्छ । आम्दानीको श्रोत मिल्नेछ ।
सिंह- तनावले बाधा गर्नेछ । स्वास्थ्यमा खराबी आउनेछ ।
कन्या- भातृ सुख मिल्नेछ । व्यापारमा प्रगति थपिनेछ ।
तुला- बोलीको प्रभावले काम बन्नेछ । धन सञ्चय हुनेछ ।
वृश्चिक- उत्साह, उमंग बढ्नेछ । रमाइलोमा खर्च हुनेछ ।
धनु- आर्थिक क्षति बेहोर्नुपर्नेछ । फाइदा अरुलाई जानेछ ।
मकर- व्यवसायमा फाइदा मिल्नेछ । धनसम्पति जोहो हुनेछ ।
कुम्भ- राजनीतिक लाभ आउनेछ । रोजगारीको अवसर मिल्नेछ ।
मीन- सामाजिक काममा व्यस्त भइनेछ । शैक्षिक क्षेत्रमा प्रगति हुनेछ ।