Connect with us
Kapilvast Forest

राजस्व छल्नेहरु धमाधम फन्दामा

२०७६, ५ मंसिर बिहीबारमा प्रकाशित

काठमाडौं । राजधानीबाट बिहीबार प्रकाशित सबैजसो पत्रपत्रिकाहरुले २१ महिनापछि मन्त्रिपरिषद् पुनर्गठन भएको समाचारलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् ।

सरकार पुनर्गठनको विषयलाई मुख्य समाचार बनाएको राजधानी दैनिकले राजस्व छली गर्नेहरुको अपराध शृंखलामा कमी नआएपनि धमाधम नियन्त्रण गर्न थालिएको विषयलाई पनि पहिलो पृष्ठमै समेटेको छ । समाचारमा उल्लेख भए अनुसार नयाँ प्रविधिको विकाससँगै राजस्व छलिका अनौठा रुप देखिन थालेका छन् । राजस्वमाराले योजनाबद्ध रुपमा अन्तशुल्क स्टिकर नलगाई मालवस्तु बिक्रिवितरण गर्ने, फल्सबटम बनाउने, नक्कली बिजक प्रयोग गर्नेदेखि मूल्य अभिवृद्धिकर (भ्याट) बिलको नक्कली कारोबार गरी राजस्व छली गर्दै आइरहेको राजस्व अनसन्धान विभागका अधिकारीले बताएका छन् ।

पुराना कार्यशैलीसँगै अहिले राजस्व छल्नेहरुले नयाँ नयाँ तरिका अपनाएकाले आफूहरुले सोहीअनुसार अनुसन्धान पद्धति विकास गरेर उनीहरुलाई कानुनी दायरामा ल्याइहेको विभागका महानिर्देशक दीर्घराज मैनालीले बताउनुभएको समाचारमा लेखिएको छ ।

नयाँ पत्रिका दैनिकले ‘देशभर ३४ लाख दमरोगी’ शीर्षकमा समाचार बनाएको छ । पत्रिकाका अनुसार एक अध्ययनले देशैभरी ३४ लाख दमरोगी भएको देखाएको हो । यो नेपालको कुल जनसंख्याको ११ दशमलव ७ प्रतिशत हो । नसर्ने रोगको प्रकोप बढिरहेका बेला नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले श्वासप्रश्वाससम्बन्धि दिर्घरोग दम, मिर्गौला र मुटुबारे अनुसन्धान गरेको थियो । समाचारमा उल्लेख भए अनुसार सबै क्षेत्रको जनसंख्या समेटेर सातै प्रदेशका ७२ जिल्लाका १३ हजार दुई सय व्यक्ति छनौट गरेर दम (सिओपिडी) बारे अध्ययन गरिएको थियो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu