Connect with us
Kapilvast Forest

मातृका यादवले घोषणा नहुँदै छोडे मन्त्री क्वाटर

२०७६, ५ मंसिर बिहीबारमा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसंग पहिले देखि नै टसल रहेका मातृका यादव पनि हटाइने मन्त्रीका सूचीमा परेका छन् । उनी उद्योग तथा बाणिज्य तथा आपूर्ति मन्त्री थिए । उनलाई प्रधानमन्त्रीले विदाई गरेका छन् ।

तर त्यसको औपचारीक घोषणा भने भइसकेको छैन । राष्ट्रपतिवाट स्वीकृत भइसकेको मन्त्रीको सूचीमा उनको नाम समावेश छैन । तर मन्त्रीवाट औपचारिक घोषणा हुनु अघिनै मातृका यादवले मन्त्री क्वाटर छाडेका छन् । यादव बुधबार अपरान्ह भक्तपुरको ठिमीस्थित चारदोबाटोमा सरेका हुन् । उनले सरकारले उपलव्ध गराएको गाडी समेत छोडेर हिडेका छन् ।

मन्त्री क्वार्टर छाडेर चारदोबाटोमा बस्न थालेपनि औपचारीक घोषणा नभएका कारण सुरक्षाकर्मीले भने उनलाई सुरक्षा दिइरहेका छन् । यादवले सुरक्षाकर्मीलाई समेत फिर्ता जान भनेको भएपनि सेनाले माथिबाट निर्देशन नआएसम्म साथ छाड्न नमिल्ने भन्दै सुरक्षा दिइरहेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu