Connect with us
Kapilvast Forest

ट्याक्सी चढेर सिंहदरबारबाट बाहिरिए गोकर्ण विष्ट

२०७६, ५ मंसिर बिहीबारमा प्रकाशित

निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट ट्याक्सी चढेर सिंहदरबारबाट बाहिरिएका छन्। आफ्नो स्थानमा रामेश्वर राय यादवले पदभार ग्रहण गरेपछि विष्ट बिहीबार ट्याक्सी चढेर निवासतर्फ लागेका हुन्।

प्रधानमन्त्री केपी ओलीले बुधबार राति ६ मन्त्री र ३ राज्यमन्त्री फेरबदल गरेका थिए। सामाजिक सञ्जालमा मन्त्री विष्ट योग्य हुँदाहुँदै पनि हटाइएको भन्दै चर्को आलोचना भएको छ।

आफू मन्त्री पदमा रहँदा ज्यामी माहुरीले जस्तै काम गर्ने प्रयास गरेको उनले बताएका छन्। बिहीबार बिहान फेसबुकमा स्टाटस लेख्दै उनले वैदेशिक रोजगारीको नाममा ठगीमा परेका युवाहरु, पसिनाको मूल्य नपाएका श्रमिकको पक्षमा इमानदारीपूर्वक काम गरेको प्रतिक्रिया दिएका हुन्।

‘जति दिन श्रममन्त्रीको रुपमा रहेँ – वैदेशिक रोजगारीको नाममा ठगीमा परेका युवाहरु, पसिनाको मूल्य नपाएका श्रमिकहरु र वेरोजगार युवाहरुको पक्षमा इमानदारीपूर्वक ज्यामी माहुरीले जस्तै काम गर्ने प्रयास गरेँ । अहिले मन्त्रीबाट बाहिरिएको छु – थप उर्जा र प्रेरणाका साथ । मन्त्रीको रुपमा काम गर्ने अवसर प्रदान गर्ने सम्मानीय प्रधानमन्त्रीज्यूप्रति कृतज्ञ छु । सुधार अभियानमा साथ दिने सहयोगी, शुभचिन्तक एवं सबै दाजुभाइ दिदीबहिनीहरुलाई हार्दिक धन्यवाद !’, फेसबुकमा लेखेका छन्।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu