Connect with us
Kapilvast Forest

हाम्रो बुद्धभुमी राम्रो बुद्धभुमी बनाउने अभियानमा छु ःपाण्डे

२०७६, ५ मंसिर बिहीबारमा प्रकाशित

कपिलवस्तु , मसिंर ५
भर्खरै सरुवा भएर बुद्धभुमी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पाण्डेले हाम्रो नगर नभइ राम्रो नगर बनाउने काममा आफु लाग्ने बताए । नियमित कामकाजले त्यस्तो कार्य नहुंने भन्दै पाण्डेयले विकासको लागी योजना र मिति नै तय गरेर काम गर्नु पर्ने हुंदा सो अनुसार आफुले काम गर्ने बताए ।नगरपालिकाले आयोजना गरेको सरुवा भएर गएका प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्याको विदाई तथा पाण्डेको स्वागत कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
पाण्डेयले तत्कालिन जिल्ला विकास समितिमा स्थानीय विकास अधिकारी, विभिन्न नगरपालिकाहरुमा कार्यकारी अधिकृत तथा मन्त्रालयमा बसेर समेत धेरै अनुभव भएकोले सो अनुभवका आधारमा नगरपालिामा काम गर्ने बताए । नगरपालिकाका जनप्रतिनिधीहरुले जनताहरुमा वाचा गरेर निर्वाचन जितेर आएको हुंदा ति असिमित आवश्यकतालाई प्राथामिकताका आधारमा छनौट गरेर विकासका कामहरु गरिने समेत उनले बताए । स्थानीय तहमा असारे चटारो मात्र भन्ने परम्परा छ त्यस्तो प्रवाधान हटाई चैत मसान्त सम्म विकासे काम सक्ने गरी काम गर्ने समेत उनले बताए ।

सो अवसरमा सरुवा भएर जाने मेघनाथ पाध्याले हालसम्म नगरपालिकामा बसेर अनुभव लिन पाएकोमा सबैलाई धन्यवाद व्याक्त गरे । कार्यक्रममा नगर प्रमुख केशव कुमार श्रेष्ठले कर्मचारी र जनप्रनिधीहरु मिलेर नै विकास र शुसासन हुने हुंदा कर्मचारीका समस्या भएका तत्काल छलफल बाट समस्या समाधान गर्ने बताए । सो अवसरमा उप प्रमुख मिरा थारु, वडा अध्यक्ष पवन कुमार थारु, शिक्षा शाखाका खेमराज पौडेल लगाएतले बोलेका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu