Connect with us
Kapilvast Forest

चुनाव मात्रै जिताउनोस ढकाललाई मन्त्री बनाउँछौ : गौतम

२०७६, ६ मंसिर शुक्रबारमा प्रकाशित

bamdev

 नारायण थापा,भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एवं पूर्वउपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले उपनिर्वाचनमा नेकपा उम्मेदवार डि.पी. ढकाललाई भक्तपुरका जनताले जिताए मन्त्री बनाउने बताउनुभएको छ । चुनावी घरदैलोको क्रममा भक्तपुर पुग्नुभएका गौतमले ढकाललाई प्रदेश नम्बर ३ को मन्त्री बनाउने बताउनुहुँदै जनतालाई मत दिन अनुरोध गनुभएको छ ।

आगामी मंसिर १४ गते भक्तपुर क्षेत्र नं. १ को प्रदेश नं. १ (क) मा हुने उपनिर्वाचनमा नेकपाका उम्मेदवार ढकालका लागि भोट माग्न बागेश्वरीमा आयोजित घरदैलो कार्यक्रमका क्रममा गौतमले यस्तो बताउनु भएको हो ।

गौतमले ढकाल मन्त्री भएपछि भक्तपुरको पर्यटन र भौतिक संरचनाको विकासका लागि २ करोड रुपैयाँसम्मको बजेटको कार्यक्रम संघीय सरकारले स्वीकृत गर्नेसमेत निर्णय भएको बताउनुभएको छ । निर्वाचन क्षेत्रको समग्र विकासका लागि उपयुक्त उम्मेदवार ढकाल मात्रै भएको गौतमले दाबी गर्नुभयो ।

घरदैलोका क्रममा गौतमले भक्तपुर क्षेत्र नं. २ को विकासका नायक सांसद महेश बस्नेत भएको भन्दै क्षेत्र नं. १ को विकासको संवाहक ढकाल हुने उल्लेख गर्नुभयो । कार्यक्रममा सांसद महेश बस्नेतले उपनिर्वाचनमा नेकपाको जीत सुनिश्चित रहेको भनाई राख्नुहुँदै स्वर्गीय हरिशरण लामिछानेको सपना साकार पार्न नेकपाले ढकाललाई अघि सारेको बताउनुभयो ।

घरदैलो कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवं सांसद रामेश्वर फुयाँल, केन्द्रीय सदस्य तथा चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र र नेकपा भक्तपुरका अध्यक्ष बचन देउजा लगायतका नेताकार्यकर्ताहरुको उपस्थिति थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu