Connect with us
Kapilvast Forest

प्रधानाध्यापकविरुद्ध अभिभावकको रिले अनशन

२०७६, ६ मंसिर शुक्रबारमा प्रकाशित

प्रधानाध्यापकको कक्ष, लेखा शाखा र व्यवस्थापन समितिका अध्यक्षको कार्यकक्षमा तालाबन्दी गरी ६ बुँदे माग राखेर उनीहरु अनिश्चितकालिन रिले अनशन बसेका हुन् ।

आर्थिक वर्ष ०७२/०७३, ०७३/०७४ तथा ०७४/०७५ मा देखिएको १ करोड ८१ लाख रुपैयाँ बेरुजु रकम बुझबुझारथ हुनुपर्ने, विद्यार्थीहरुको पठनपाठन सुधार हुनुपर्ने, शिक्षक छनोट समितिको कार्याविधि पारदर्शी हुनुपर्ने उनीहरुले माग राखेका छन् ।

विद्यालय व्यवस्थापन समितिका केही पदाधिकारी समेत सहभागी रहेको अनशनरत अभिभावकहरुले हरहिसाब सार्वजनिक गर्न भन्दा प्रधानाध्यापक आलटाल गर्दै विद्यालयमा समेत अनुपस्थित रहने गरेकाले अनसन शुरु गरेको बताएका छन् । माग सम्बोधनतर्फ सम्बन्धित निकायले तदारुकता नदेखाए बाध्य भएर आमरण अनसन थाल्ने उनीहरुले चेतावनी समेत दिएका छन् ।

अनियमितता नगरेको बताउँदै तीनै आर्थिक वर्षकोे आयव्यय अभिभावक र व्यवस्थापन समितिबाट अनुमोदन भइरहेको विद्यालयका प्रधानाध्यापक सुर्यनारायण यादवको दाबी छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu