कसैलाई नभनी सुटुक्कै पण्डित भागे पछी खैलाबैला नै मच्चिएको थियोे । बिकले केही बेर त पर्खे तर ऊनीहरु भागेको कुरा थाहा पाए पछी बाकी पुजा नै रोकिएको थियोे ।
मिलन बिक भन्छन् , अरु केही कारण होईन हामी दलित बिक भएको कारण नै पण्डितहरुले पुजा छोडेर गएका हुन् । पण्डितहरुलाई म चिन्दिन कन्टाकबाट ल्याएको हो । घटना भए पछि सम्पर्क गर्न खोज्दा र छलफलको लागी बोलाउदा पनि उनिहरु आएनन् ।
मिडियामा यो घटना आए पछी सबैको चासो बढेको र उनीहरुलाई कानुनी कारवाहीको समेत सबैबाट माग आएको हुँदा यो मुद्दा र घटना मेरो घरमा र म पात्र भए पनी सिङ्गो समुदायको मुद्दा भएको हुँदा म न्यायको लागी कानुनी प्रक्रियामा गएको हो।
इनेस्पेक्टर मोति योन्जनका अनुसार हिजो पन्डित भिम प्रसाद आचार्यलाई नियन्त्रणमा लिएको र पीडित मिलन बिकले दिएको छुवाछूतको जाहेरी हिजो लिए पनि भोलि १० बजे दर्ता हुने बताएका थिए ।पन्डितलाई हिजो नै प्रहरी नियन्त्रणमा लिएको थियोे भने दलित अधिकारकर्मीहरुले छुवाछूतको मुद्दा दर्ता गर्न प्रहरी परिसर भित्र निकै बहस र प्रशासनलाई दबाब दिएका थिए ।
आज बिहानै देखि प्रहरी परिसर वरपर दुबै पक्षका ब्यक्तिहरुको भिड भएर निकै छलफल चलेको थियोे । केही बरिस्ठहरुले मिल्न दबाब दिए पनि मिलन बिक लगाएत सिङ्गो दलित समुदायको भिडले मेलमिलाप गर्न नमाने पछि जातीय भेदभाव तथा छुवाछूत ( कसुर र सजाय ) ऐन , २०६८ अनुसार मुद्दा दर्ता भएको छ ।
मुद्दा दर्ता भए लगत्तै सरकारी वकिलको कार्यलयमा थप म्याद र अनुसन्धानको लागि लगिदै गरेको इनिक्सपेटर मोती योजनले जानकारी दिए ।

