Connect with us
Kapilvast Forest

काठमाडौंमा वायु प्रदूषण : वर्षेनी १० हजारले गुमाउछन् ज्यान

२०७६, ७ मंसिर शनिबारमा प्रकाशित

 काठमाडौं । उपत्यकामा जाडोयमाको सदावहार विशेषता हो– बढ्दो वायु प्रदूषण। यो समयमा जसरी तापक्रम बिस्तारै घट्दै जान्छ त्यसको ठीक उल्टो धुवाँ र धुलोले प्रदूषण मापनको आँकडा बढाउँदै लान्छ। अन्तर्राष्ट्रिय संस्था एयर भिजुयलका अनुसार वायुमा रहेका पिएम २.५ को आधारमा काठमाडौं १००औं प्रदूषित सहर हो ।

पिएम २.५ मापन गर्दा सन् २०१८ मा प्रतिघन मिटर ५४.४ काइक्रोग्राम प्रतिघन मिटर पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका ९० प्रतिशत मानिस दूषित वायु भएको स्थानमा बस्छन् र यसका कारण बर्सेनि ७२ लाख मानिसको मृत्यु हुने गरेको छ।

सन् २०१६ को विश्व स्वास्थ्ण् संगठनको एक अध्ययन अनुसार प्रतिवेदनले प्रदूषण्का कारण काठमाडौंमा मात्रै वार्षिक झन्डै १० हजार मानिसको मृत्यु हुने गरेको देखाएको छ। नागरिक दैनिकले खबर छापेको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu