आठ जना फरार अभियुक्त पक्राउ
काठमाडौं,मंसिर ९ ।जिल्ला प्रहरी कार्यालय बाराले वन, सवारी, केही सार्वजनिक अपराध तथा कुटपिट मुद्दामा कैद सजाय भई फरार रहेका आठ जना फरार अभियुक्त आइतबार प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका(१९ का ५० वर्षीय रामभाग्य राउत, कलैया उपमहानगरपालि(१९ का मनोज भगत माली, पचरौता नगरपालिका(३ का धुपलाल दास बैरागी, वीरेन्द्रप्रसाद यादव, सामजिनिस कुशवाह र रामचन्द्र हजरा दुसाद छन्।
उनीहरूलाई बाराका विभिन्न ठाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।पक्राउ परेकालाई फैसला कार्यान्वयनका लागि अदालत पठाइएकोमा अदालतले कारागार चलान गरेको उक्त कार्यालयले जनाएको छ।