Connect with us
Kapilvast Forest

त्रिचन्द्र कलेजका क्याम्पस प्रमुखलाई विद्यार्थीले कुटे

२०७६, ९ मंसिर सोमबारमा प्रकाशित

९ मंसिर, काठमाडौं । त्रिचन्द्र कलेजका क्याम्पस प्रमुख प्रदीपबहादुर न्यौपाने कुटिएका छन् । सोमबार बिहान क्याम्पसभित्र प्रवेश गर्ने वित्तिकै विद्यार्थीको हुलले न्यौपानीमाथि कुटपिट गरेको हो ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जना विद्यार्थीलाई पक्राउ गरेको छ । काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीका अनुसार अनेरास्ववियू मनराज थापा र गोविन्द थपलिया पक्राउ परेका हुन् ।

दुवै जनालाई महानगरीय प्रहरी वृत्त, दरबारमार्गको हिरासतमा राखेर अनुसन्धान भइरहेको उनले बताए ।

विद्यार्थीहरुका अनुसार कलेजका विज्ञान संकायको शुल्क बढाएपछि नेविसंघ, अनेरास्ववियू लगायतका विद्यार्थी संगठन आन्दोलतनरत् थिए । त्यही क्रममा यो घटना सार्वजनिक भएको हो ।प्रहरीका अनुसार न्यौपानेको वीर हस्पिटलमा उपचार भइरहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu