लालपुरमा चुनावी सरगर्मी ः नेताहरु भोट माग्न व्यस्त ।।
रामप्रकट कोरी
मंसिर ९ ,कपिलवस्तु
स्थानीय उपनिर्वाचनको मिति नजिकिएसँगै शिवराजको चुनावी चहल पहल बढेको छ । विभिन्न राजनितीक दलका नेता तथा उम्मेदवारहरु वडा नंं. १० लालपुरमा अहिले मत माग्न जनताको घरदैलोमा पुगेका छन् ।
उम्मेदवारहरुले आफ्नो तर्फबाट भावी योजना बताउने गरेका छन् भने दलका नेताहरुले विगतको समिक्षा र पार्टीको दृष्टिकोण माथि प्रकास पार्दै गाउँगाउँमा पुगेका छन ।
तत्कालीन स्वतन्त्रबाट निर्वा्चित जनप्रिय बन्नु भएकी स्व.शकुन्तला भारतीको निधन भएपछि रिक्त अध्यक्ष पदमा नेकपाले पार्टी र जनता बीच स्वच्छ छवि बनाएका नेता अदालत मनिहारलाई उम्मेदवार बनाएको छ । पार्टी एकता भएको अवस्थामा ठुलो मत अन्तरले चुनाव जित्ने नेकपाका नेताहरूको दाबी छ । शिवराज नगरपालिका वडा १० मा यहि मंसिर १४ गते हुने उपनिर्वाचनमा नेकपालाई बहुमत सहित विजयी बनाउन नेकपाले विभिन्न रणनितिक योजनाका साथ लागेको समेत जनाएको छ ।
वडा नं. १० को निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी नेकपाले प्रचारप्रसारलाई तिव्रता दिएको छ । अहिले पार्टिका जिल्लाका तहका शिर्ष नेताहरू लालपुरमा केन्द्रित भई सक्रियतापुर्वक प्रचार प्रसारमा लागिरहेका छन् । नेकपाका उम्मेदवार बन्नु भएका अदालत मनिहारले शिवराज वडा नं. १० विकासका लागि निरन्तर लागि पर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
लालपुरमा शिक्षा, स्वास्थ्य तथा किसानहरुलाई सहज रुपमा सिचाईको व्यावस्था गर्ने आफुनो मुख्य उद्देश्य रहेको उम्मेदवार अदालत मनिहारले बताउनुभयो । सडकको अवस्था नाजुक र किसानहरु चपेटामा परेकोले यसलाई समाधान गर्नु आफुनो मुख्य दायित्व रहेको मनिहारले जनाउनुभयो ।
ओम प्रकाशको संयोजकत्वमा सोमबार भएको घरदैलो कार्यक्रममा, राम बेलास यादव, मैराज खान, राजेन्द्र चौधरी, तारा प्रसाद चौधरी, भरत पोखरेल, प्रकाश पौडेल, दिपा पौडेल,उपेन्द्र खनाल, प्रभा पौडेल, टिका विश्वकर्मा, लक्ष्मी हमाल सरिता जिसी लगायतको टोलीले घरदैलो गरेको हो ।
लालपुरको निर्वाचनमा नेकपाका उम्मेदवार अदालत मनिहार , नेपाली काग्रेसका देवराज भारती, समाजवादी पार्टिका तिरथ बहादुर रायमाझि , राजपाका मन्जु मिश्र र जनमत पार्टिका मोहम्द हानिफ गद्दी विच प्रतिस्पर्धा हुने स्थानियहरुको ठम्याई रहेको छ ।