Connect with us
Kapilvast Forest

बर्दियामा एसपी बास्तोला आए देखि जिल्लाको सुरक्षा कडा

२०७६, ११ मंसिर बुधबारमा प्रकाशित

सागर थापा११ मंसिर,

 जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख एसपी राजेश नाथ वास्तोलाको जिल्लामा सर्वत्र बखान हुन थालेको छ। बास्तोलाको नेतृत्वमा बर्दिया प्रहरीले अवलम्बन गरेको सुरक्षा रणनीति तथा योजनाको प्रभावकारी कार्यान्वयनले अपराध नियन्त्रणमा थप सफलता देखिएको छ। साथै विकास कार्यले पनि गति लिएको छ।

सुरक्षा सुर्धान प्रहरी प्रमुख एसपी राजेशनाथ वास्तोलाले अवलम्बन गरेको नयाँ सुरक्षा कार्यशैलीले प्रहरी अधिकारी तथा जवानहरुलाई उत्साहका साथ काम गरेका छन। सरुवा भएर आएको एक साता भित्रमा उनले राजश्व छलेर नेपालमा चल्ने दर्जन बढि भारतीय नम्बरका सवारी साधन नियन्त्रणमा लिएका थिए । त्यसमध्यमा चोरिको हुन सक्ने आंशकाका सवारी साधन आन्तरिक राजश्व कार्यालयमा बुझाएर प्रहरीले जिल्लामा राम्रो पकड जमाएको छ ।

त्यसयता लागुऔषध बरामद, राज्य विरुद्धका संघर्ष गरिरहको विप्लव समूह र फरार प्रतिबादी पक्राउ गर्न प्रहरी सफल भइरहेको बर्दियाका प्रजिअ प्रेमलाल लामिछानेले बताए। २०७६ वैशाख ३०मा बास्तोला प्रहरी प्रमुख भए यता ५८ किलो चरेस ,१४ ग्राम लागुऔषध र विप्लब समूहको जिल्ला ईन्चार्ज सहित १० जना र अन्य २० फरार प्रतिबादीलाई पक्राउ गरि कारबाही अघि बढाएको छ । ‘कति एसपी साहब आए , कति गए तर एस पी बास्तोला रातदिन सुरक्षाको लागि तल्लिन भएर काम गरेका छन् ’गुलरिया बजारका स्थानीय साकिर मनीहारले बताए,‘उहाँ प्रहरी प्रमूख भए यता जिल्लामा सुरक्षा फितलो भएको महशुस अहिलेसम्म भएको छैन ।’ ८२ किलोमिटर खुला सीमानामा हुने अपराध नियन्त्रणमा प्रहरीको पहुँच बढाएसँगै बजारमा प्रहरी प्रमुख वास्तोला सिंघम फिल्म नायक बाजिराव सिंघमसँग तुलना हुन थालेको छ ।

सिंघम फिल्ममा एक प्रहरी अधिकृतको ईमान्दारिता र बहादुरीको बखान गरिएको छ । फिल्मका नायक अजय देवगनले आफ्नो कार्य क्षेत्रमा एक कर्तब्य निष्ठ प्रहरी निभाउँन पर्ने भन्ने कथामा समेटेको छ । सुरक्षा प्रत्याभूति दिलाएसँगै सीमा अपराध मानिने लागु औषध,राजश्व चुहावट,मानव बेचविखन नियन्त्रण चनाखो र ईमान्दारीका साथ काम गरिरहेको स्थानीय समिम अन्सारीले बताए ।‘प्रहरी आफ्नो काम गर्छन’उनले भने,‘तर,सुरक्षा सुर्धान रणनितिक योजना खटिएको प्रहरीले ईमान्दारिता पूर्वक काम गरेकाले आम मानिसले सुरक्षाको महुसुश गरेको हो ।’ प्रहरीले काम खोज्दै हिँडेकाले सफलता हात पार्दे गएको उनले बताए ।‘प्रहरी सुतेर बसेर हुदैन,सुरक्षा पाटोसँग सम्बन्धित केहि न केहि गतिबिधि संलग्न हुन पर्छ’उनले भने,‘सरुवा गर्देलान भन्ने त्रासमा होईन, इमान्दारिताको साथ काम गरे प्रहरी सधै अब्बल हुन्छ ।’ ईमान्दारिताका साथ कर्तव्यनिष्ठ भए मात्र आम मानिसको भावनामा समेत प्रहरीको कदर हुने उनले बताए ।

वास्तोलाको आगमनसँगै राम्रो काम गर्ने उनको पक्षमा उभिएका। संगठनमा उल्लेख्य भूमिका निर्वाह गरेका कारण पटकपटक सम्मानित गरिएको थियो । लागु औषध,राजश्व चुहावट,मानव बेचविखन नियन्त्रणमा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै जिल्ला प्रशासन कार्यालय बर्दिया बाट बास्तोला कदरपत्र सहित सम्मानित भएका छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu