Connect with us
Kapilvast Forest

विद्यार्थीको अतिरिक्त शुल्क समायोजन गर्न मेडिकल कलेज तयार

२०७६, ११ मंसिर बुधबारमा प्रकाशित

काठमाडौं । निजी मेडिकल कलेज सञ्चालकहरू विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क समायोजन तयार भएका छन्  । मंगलबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र निजी मेडिकल कलेज सञ्चालकहरुबीच भएको वार्तामा विद्यार्थीको अतिरिक्त शुल्क समायोजन गर्ने सहमति भएको हो ।

स्रोतका अनुसार मन्त्री पोखरेल र मेडिकल कलेज सञ्चालकहरुबीच पाँच बुँदे सहमति भएको छ । सहमति अनुसार मेडिकल कलेज सञ्चालकहरुले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्कको समायोजन प्रकृया बुधबारदेखि शुरु गर्नुपर्ने भएकाे छ । सहमतिमा शैक्षिक सत्र २०७४ / ७५ र २०७५ / ०७६ मा सरकारले गरेको निर्णयअनुसार नै शुल्क समायोजन गरिने उल्लेख छ ।

यसैगरी २०७२/०७३ र २०७३ /०७४ को हकमा विश्वविद्यालयहरुको समन्वयमा अध्ययन, छलफल र छानबिन गरी चिकित्सा शिक्षा आयोगबाट उपयुक्त निर्णय लिन आयोगसमक्ष अुनुरोध गरिने भएकाे छ  ।

त्यसैगरी चालु शैक्षिक सत्र २०७६ र २०७७ को हकमा चिकित्सा शिक्षा आयोगबाट निर्धारण गरिएको शुल्क लिई विश्वविद्यालयको अनुमतिमा भर्ना प्रक्रिया सुचारु गर्ने र आउँदो शैक्षिक सत्र तथा त्यसपछिका लागि वैज्ञानिक ढंगले शुल्क निर्धारणका लागि चिकित्सा शिक्षा अयोागबाट काम अघि बढाइने सहमति भएको छ ।

मंगलबार राति बसेको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, शिक्षा सचिव महेश दाहाल, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरी, त्रिभुवन विश्वविद्यालयका उपकूलपति धर्मकान्त बाँस्कोटा र निजी मेडिकल कलेज सञ्चालकका प्रतिनिधिहरूकाे सहभागिता रहेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu