Connect with us
Kapilvast Forest

हावाहुरी चलेपछि जोमसोमका लागि उडेका दुई प्लेन फर्किए पोखरा

२०७६, ११ मंसिर बुधबारमा प्रकाशित

काठमाडौं, मंसिर ११।

हावाहुरीका कारण पोखराबाट जोमसोम उडेका दुई प्लेन फर्केका छन्।बुधबार बिहान समिट एयर र तारा एयरको जहाज जोमसोमका लागि उडेका थिए। तर हावाहुरी बेस्सरी आएपछि ती दुबै प्लेन पोखरामा फिर्ता गएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेद प्रसाद अर्यालले जानकारी दिए।

‘जोमसोममा प्राय बिहान मात्रै प्लेन उडान हुने गर्थ्यो, आज बिहान पनि हावाहुरी आएपछि फर्के,’ अर्यालले भने। चिसो बढेसँगै जोमसमको लागि उडान भर्ने प्लेन कम हुदैँ जाने गरेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj