Connect with us
Kapilvast Forest

उपनिर्वाचनको तयारी सम्पन्न

२०७६, १२ मंसिर बिहीबारमा प्रकाशित

काठमाडौं । मंसिर १४ गते हुने उपनिर्वाचनको तयारी पुरा भएको निर्वाचन आयोगले जानकारी दिएको छ । बुधबार निर्वाचन आयोगले पत्रकार सम्मेलन गरी १४ गते हुने उपनिर्वाचनको तयारी पुरा भएको बताएको हो ।

निर्वाचन आयोगले निर्वाचन आचार संहिताको पूर्ण पालना गर्न गराउन राजनीतिक दललगायत आम मतदातामा अपील गरेको छ ।

निर्वाचनका लागि बुधबार राति १२ बजेदेखि मौन अवधि शुरु हुँदैछ । निर्वाचन आयोगले मौन अवधिमा आचार संहिता उलंघनका कुनै पनि क्रियाकलापमा संलग्न नहुन राजनीतिक दल, उम्मेदवार र आम मतदातालाई आव्हान गरेको छ । आचारसंहिता विपरीतका कार्य गर्नेलाई निर्वाचन कसुर तथा सजाय ऐन २०७३ अनुसार कारबाही गरिने भन्दै आयोगले मौन अवधिमा सामाजिक सञ्जाल वा विद्युतीय माध्यमको प्रयोग गरी मत माग्न, प्रचारप्रसार लगायतका कार्य नगर्न सचेत गराएको हो ।

मौन अवधिमा मतदातालाई आश्वासन दिने, प्रलोभनमा पार्ने, दबाब दिने , मतदाता परिचयपत्र कब्जा गर्ने जस्ता घटना भएमा तुरुन्तै जिल्ला उपनिर्वाचन आचारसंहिता अनुगमन समिति वा सम्बन्धित निकायलाई जानकारी गराउन आयोगले आग्रहसमेत गरेको छ ।

उपनिर्वाचन पर्यवेक्षणका लागि ४ वटा राष्ट्रिय पर्यवेक्षण संस्थाहरुलाई अनुमति प्रदान गरिएको छ । त्यसैगरी मतदानको दिन मतदान केन्द्र भ्रमणका लागि परराष्ट्रमन्त्रालय मार्फत अमेरिका, जापान र अष्टे«लिया दुतावास तथा युरोपियन युनियनलाई पनि अनुमति दिइएको छ ।

प्रतिनिधिसभातर्फ कास्की निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य १ , प्रदेशसभा सदस्य, स्थानीय तहतर्फ उपमहानगरपालिका, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका वडा अध्यक्ष समेत गरी ५२ रिक्त पदमा मंसिर १४ गते उपनिर्वाचन हँुदैछ । उपनिर्वाचनका लागि २ सय ४७ मतदान स्थल, ५ सय ३७ मतदान केन्द्र तोकिएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu