Connect with us
Kapilvast Forest

चोरले पसल फोडेर प्याज चारे , पैसा छोडे

२०७६, १२ मंसिर बिहीबारमा प्रकाशित

काठमाडौ।यति बेला नेपालमा प्याजको भाउ दिनदिनै उकालो लागिरहेको छ। भाउ बढेर यतिबेला एक किलोकै २३० रुपैयाँ मा करोवार भइरहेको छ।

प्याजको भाउ बढेको नेपालमात्र भने होइन। छिमेकी भारत र बंगलादेशमा पनि प्याजको भाउले आकाश छोएको छ। प्याजको भाउ यति बढेको छ कि चोरले पनि पसलबाट पैसा होइन प्याज चोर्न थालेका छन्।

भारतको पश्चिम बंगालस्थित पूर्वमिदनापुरमा त्यस्तै घटना भयो। एक सब्जी पसल फोडेर चोरले प्याज चोरे तर छेउकै गल्लामा भएको पैसा छुँदा पनि छोएनन्।

पसलका साहु अजय दास मंगलबार बिहान पनि सधैझैं आफ्नो पसल खोल्न गएका थिए।तर त्यो दिन पसलमा तरकारी छरपस्ट थिए।

पसलको हालत देख्नबित्तिकै अजयले चोरी भएको अनुमान लगाए र आफ्नो पैसा गन्न थाले। गल्लामा भएको पूरै पैसा ठीक थियो।पछि उनले पसलबाट केही प्याजका बोरा गायब भएको थाहा पाए।ती चोरले ५० हजार मूल्य बराबरको प्याज, लसुन र अदुवा चोरेका थिए।

भारत सरकारले प्याजको मूल्यबृद्धि हुन थालेपछि सीमित मात्रामा वितरण गर्न थालेको थियो।सरकारले प्याज किन्न पनि सीमा तोकेपछि चोरीका घटना हुन थालेका हुन्। भारतमा अहिले एक किलो प्याजको मूल्य भारू १०० रुपैयाँ पर्छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj