Connect with us
Kapilvast Forest

सवारी दुर्घटनामा ७ जनाको मृत्यु, २० घाइते

२०७६, १४ मंसिर शनिबारमा प्रकाशित

काठमाडौं । भारतमा सवारी दुर्घटनामा परी कम्तीमा सात जनाको मृत्यु भएको छ। रातको १२.३० बजे भएको दुर्घटनाका कारण अन्य २४ भन्दा बढी घाइते भएको अधिकारीहरूले जनाएका छन्।

धुले जिल्लाको भिन्चर क्षेत्रमा रहेको भोरी नदीको पुलबाट गाडी नदीमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी घाइते भएकाहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

तीमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको चिकित्सकहरूले बताएका छन्। घटनाका बारेमा थप अध्ययन अनुसन्धान सुरु गरिएको र विस्तृत विवरण आउन बाँकी नै रहेको प्रहरीले जनाएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj