नगरपालिका कार्यालयमा कार्यकक्षको ढोका अगाडी शंकास्पद वस्तु फेला
जनकपुरधाम – सिरहाको धनगढीमाई नगरपालिकामा स्थानीय हरिनारायण चौधरीको कार्यकक्षको ढोका अगाडी आज बिहान शंकास्पद बस्तु फेला परेको छ।
झोलामा सकेट बमजस्तो वस्तु देखिएको स्थानीयले बतएका छन् ।उक्त ठाउँलाइ प्रहरीले घेरा हालेको छ। बमजस्तै वस्तु देखिएकाले डिस्पोजका लागि नेपाली सेनालाई खबर गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
बिहीबार साँझ महोत्तरीको पिपरा गाउँपालिकामा भइरहेको उपनिर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट उम्मेदवार भएका विक्रम चौधरीको घरमा समेत बम विस्फोट गराइएको थियो।