पोखराको मतदान केन्द्रमा बम बिस्फोट
पोखरा । पोखरा महानगरपालिकामा मतदान हुँदै गर्दा बम बिस्फोट भएको छ । महानगरपालिकामा वडा–९ मा रहेको नभ प्रभात माविमा म बिस्फोट भएको हाे ।
मतदान केन्द्रभन्दा केही टाढा विष्फोटको भएको प्रहरीले जनाएको छ । यसअघि शनिबार बिहान करिब पौने ८ बजे वडा नम्बर १६ मा रहेको शान्ति मावि मतदान केन्द्र नजिकै बम विस्फोट भएको थियो ।
विष्फोटपछि सुरक्षा व्यवस्था झन् कडा बनाइएको छ । मतदातालाई त्रसित गराउन विष्फोट गराएको भन्दै प्रहरीले निर्धक्क भएर मतदान गर्न अपिल गरेको छ।