Connect with us
Kapilvast Forest

कास्कीमा निर्वाचन अधिकृतले हस्ताक्षर नगरेको मतपत्र भेटेपछि विवाद

२०७६, १४ मंसिर शनिबारमा प्रकाशित

 

पोखरा : कास्कीको ११ वटै वडामा अहिले मतदान चलिरहेको छ। तर, यहाँको वडा नम्बर ३३ भरतपोखरीस्थित बरपाण्डेथुम मतदानस्थल निर्वाचन अधिकृतले हस्ताक्षर नै नगरेको मतपत्र भेटिएपछि विवाद भएको छ।

२४१ मत खसाल्ने बेलामा मतदाताले हस्ताक्षर नभएको मतपत्र भेटिएपछि विवाद भएको हो। केहीबेर मतदानसमेत रोकिएको थियो। अहिले मतदान स्थलमा रहेको राजनीतिक दलहरुले सर्वदलिय बैठक राखेर पुन मतदान सूचारू गरेका छन्। ‘सर्वदलीय बैठकले हस्ताक्षर नगरेको मतपत्र भेटियो भने सदर गर्ने सहमतिपछि मतदान सूचारू भयो,’ जिल्ला निर्वाचन कार्यालय स्रोतले थाहा खबरलाई जानकारी दियो। मतपत्रमा हस्तार नगरेको पाएपछि केहीबेर नेकपाका कार्यकर्ता विरोधमा उत्रिएका थिए।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu