Connect with us
Kapilvast Forest

कपिलवस्तुमा ६० प्रतिशत मतदान

२०७६, १४ मंसिर शनिबारमा प्रकाशित

  • माधव बेल्बासे

कपिलवस्तु ,१४ मसिर – जिल्लाको शिवराज नगरपालिका १० लालपुरमा ६० प्रतिशत मत खसेको छ ।

वडाका दुईवटै मतदान केन्द्रमा विहान ७ बजेदेखि मतदान सुरु भएको हो ।वडाका लालपुर र शितलापुर आधारभुत विद्यालयलाई मतदान स्थल तोकिएको छ भने तीन वटा मतदान केन्द्र निर्धारण गरिएको छ ।

सवै मतदान केन्द्रमा शान्तिपुर्ण रुपमा मतदान भईरहेको जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुका प्रमुख अयोध्य प्रसाद भण्डारीले जानकारी दिए ।

वडामा २ हजार ७२ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुले जनाएको छ । शितलापुरमा ९०४ र लालपुरमा ११६८ मतदाता छन् ।
मतदान साँझ ५ बजेसम्म हुनेछ ।मतदान पश्चात दलहरुवीच दलीय सहमती भए आज बेलुकाबाटै मतगणना सुरु हुने निर्वाचन अधिकृत भण्डारीले जानकारी दिए । मतगणना मुख्य निर्वाचन कार्यालय चन्द्रौटा परिसरमा गर्ने तयारी गरिएको उनले बताए ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu