Connect with us
Kapilvast Forest

हुण्डीकाराेबार गरेकाे अभियाेगमा शितगंगाका युवा पक्राउ

२०७६, १४ मंसिर शनिबारमा प्रकाशित

काठमाण्डाै – हुण्डीबाट कारोबार गरेको अभियोगमा ३८ लाख १२ हजार रुपैयाँ र विभिन्न व्यक्तिहरुको नाममा काटिएको चेक सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

  • पक्राउ पर्नेहरुमा काठमाण्डौ महानगरपालिका १८ को नरदेवीमा रहेको अन्जनी ओभरसिजका सञ्चालक ५८ वर्षीय गाेवर्द्धनप्रसाद सरावगी र अर्घाखाँची शितगंगा  नगरपालीका४ को जोगिनकोटका २३ वर्षीय कृष्णप्रसाद भट्टराई रहेका छन् ।

काठमाण्डौ उपत्यकाभित्र गैरकानुनी रुपमा हुण्डीको कारोबार गरी राजश्व छलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले काठमाण्डौको न्यूरोडबाट अवैध रकमसहित दुई जनालाई पक्राउ गरेको हो ।

प्रहरीले ३० लाख रुपैयाँसहित कृष्णप्रसादलाई र आठ लाख १२ हजार रुपैयाँ तथा विभिन्न व्यक्तिहरुको नाममा काटिएको चेकसहित गोवर्द्धनलाई पक्राउ गरेको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu