Connect with us
Kapilvast Forest

ललितपुर महानगरपालिकाले साइकल लेन बनाउने

२०७६, १४ मंसिर शनिबारमा प्रकाशित

ललितपुर महानगरपालिकाले साइकल यात्रुको लागि सडकमा छुट्टै साइकल लेन बनाउने भएको छ।

शनिबार एक कार्यक्रम गरी कुपन्डोल, पुल्चोक, जावलाखेल, लगनखेल हुँदै मंगलबजारसम्म र कुपोन्डोल, पुल्चोकबाट सिधा मंगलबजार पुग्न सकिने गरि साइकल लेन निर्माण गरिने महानगरपालिकाले जानकारी दिएको छ।

त्यसैगरी,महानगरले पाटन दरबार क्षेत्र केन्द्र बनाएर चारै दिशाबाट दरबार क्षेत्रमा आउने गरी चारवटा साइकल लेन बनाउने योजना तयारी गरिरहेको छ। हाल व्यवस्था गरिएको साइकल लेनमा साइकल अन्य सवारी साधन सँग मिलेर चलाउनु पर्ने व्यवस्था रहेको छ। चालु सडकमा नै छुट्याइएको साइकल लेन १.५ मिटर चौडाइको रहेको छ। कार्यक्रममा बोल्दै ललितपुर महानगर पालिकाका प्रमुख चिरीबाबु महर्जनले काठमाडौँ उपत्यकालाई साइकलमैत्री सडक बनाउने उदेश्यले साइकल लेन निर्माण गरिएको बताए।

साइकल लेनले शिवपुरी र फुलचोकी जोड्न चाहेको उनले पष्ट पारे। साइकल लेनले साइकल यात्रीलाई धेरै फाइदा हुने महर्जनले बताए। ‘साइकल लेन भए यात्री जाममा फस्दैनन् ,’उनले भने। उपत्यका जस्तो सहरमा साइकल लेनको जरुरी भएकोले ललितपुर महानगरपालिकाले सुरु गरेको उनले जानकारी दिए।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu