स्वास्थ्य क्षेत्रमा सरकारी लगानी अपर्याप्त : मन्त्री बराल
१४ मंसिर ,बुटवल । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले स्वाथ्य क्षेत्रमा सरकारको लगानी अपर्याप्त रहेको बताएका छन् ।
उनले लगानी बढाउन तीनै तहका सरकार लागि परेको बताए । बुटवलमा कपाल प्रत्यारोपणको सेवासहित इम्युन हेल्थ केयर प्रालिको शुभारम्भ गर्दै उनले विशेषज्ञसहितको विशिष्टीकृत स्वाथ्य सेवाको परिकल्पना सरकारको गरेको भन्दै सबै नागरिक स्वाथ्यको पहुँचबाट टाढा हुन नपरोस् भन्न्ने हेतुले सोही अनुसारको दीर्घकालिन योजना निर्माण गरी प्रदेश सरकार अगाडि बढिरहेको बताए ।
मन्त्री बरालले स्वाथ्यको पहुँचबाट कोही पनि टाढा हुनुपर्ने अवस्था नरहेको भन्दै निजी, सामुदायिक तथा अन्य संघ संस्थाहरुको स्वास्थ्य क्षेत्रमा भएको लगानीले थप टेवा पुगेको बताए ।स्वास्थ्य सेवाक्षेत्र सबैभन्दा महत्वपूर्ण भएको भन्दै मन्त्री बरालले स्वास्थ्य सेवा प्रवाहमा कुनै पनि प्रकारको लापरवाही गर्न नहुने बताए ।