Connect with us
Kapilvast Forest

नेकपालाई ठूलो झट्का, चितवनमा तीनवटै वडामा नेपाली काँग्रेस विजयी

२०७६, १५ मंसिर आईतवारमा प्रकाशित

काठमाडौँ । नेपाल कम्य्रनिष्ट पार्टी (नेकपा)लाई चितवन जिल्लामा ठूलो झट्का लागेको छ । शनिबार भएको उपनिर्वाचनको मतपरिणाम सार्वजनिक हुँदा तीनवटै वडामा नेपाली काँग्रेस विजयी भयो ।काठमाडौँ । नेपाल कम्य्रनिष्ट पार्टी (नेकपा)लाई चितवन जिल्लामा ठूलो झट्का लागेको छ । शनिबार भएको उपनिर्वाचनको मतपरिणाम सार्वजनिक हुँदा तीनवटै वडामा नेपाली काँग्रेस विजयी भयो ।

अहिले पार्टी एक हुँदा पनि काँग्रेससँग नेकपा उम्मेद्वार ३०८ मतको अन्तरले पराजित भएका छन् । ३ हजार १८३ मत प्राप्त गर्दै काँग्रेसका उम्मेद्वार अमृतराज हमाल वडा नम्बर १६ को वडाअध्यक्षमा विजयी भएका हुन् ।

यस्तै नेकपा उम्मेद्वार भक्तराज हमालले २ हजार ८७५ मत प्राप्त गरेका थिए । भरतपुर १६ मा ८ हजार ४ सय ८१ मतदाता रहेकोमा ६ हजार २ सय ५० मत खसेको थियो ।

यस्तै पूर्वीचितवनको खैरहनी नगरपालिका–४ मा पनि नेपाली काँग्रेसका उम्मेद्वार नै विजयी भएका छन् । काँग्रेस उम्मेद्वार देवबहादुर बस्नेतले नेकपाका उम्मेद्वार वेदबहादुर अधिकारीलाई १५२ मतान्तरले हराएका छन् ।

बस्नेतले १ हजार १ सय ३८ मत प्राप्त गरे भने अधिकारीले ९८६ मत प्राप्त गरे । २ हजार ६ सय ९२ मतदाता रहेको यस वडामा २ हजार १ सय ७२ मत खसेको थियो ।

खैरहनी नगरपालिका–५ मा नेपाली काँग्रेसकी प्रतिमा कार्की (बस्नेत) विजयी भएकी छन् । कार्की नेकपा उम्मेद्वारलाई ८६ मतान्तरले फरक पार्दै वडाअध्यक्षमा विजयी भएकी हुन् ।

कार्कीले ८ सय ४२ प्राप्त गरिन्भने नेकपा उम्मेद्वार पुननारायण प्रधानले ७ सय ५६ मत प्राप्त गरेका छन् । । २ हजार १ सय ११ मतदाता रहेको यस वडामा १ हजार ६ सय ७० मत खसेको थियो ।

कांग्रेसबाट निर्वाचित खैरहनी नगरपालिका– ४ र ५ वडाका अडाध्यक्षहरुको सवारी दुर्घटनामा निधनपछि पनि काँग्रैसकै उम्मेद्वारहरु विजयी भएका हुन् ।

चितवन जिल्ला नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को गृहजिल्ला समेत हो । आफ्ना उम्मेद्वारलाई जिताउन अध्यक्ष प्रचण्ड स्वंम चितवनमा दौडधुप गरेका थिए । हमाललाई जिताउन प्रचण्ड स्वंम चुनावी सभामा सम्बोधन गर्न चितवन पुगेका थिए ।भरतपुर महानगरपालिका–१६

सूर्य २८७५

रुख ३१८३

खैरहनी नगरपालिका–४

सूर्य १ १ ३८

रुख ९८६

खैरहनी नगरपालिका–५

सूर्य ७५६

रुख ८४२

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu