Connect with us
Kapilvast Forest

कास्कीमा १२ हजार मत गनिसक्दा ‘साझा पार्टी’लाई कति मत?

२०७६, १५ मंसिर आईतवारमा प्रकाशित

पोखरा – कास्की २ मा प्रतिनिधिसभा सदस्यका लागि सम्पन्न उपनिर्वाचनको मतगणना जारी छ । हालसम्म कास्की २ का ११ वडामध्ये ३ वटा वडाको मतगणना सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय कास्कीका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए । पोखरा ३३, २१ र २० को मत गन्ने काम सकिएको उनले बताए ।

हालसम्मको मतपरिणाममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की उम्मेदवार विद्या भट्टराई अगाडि देखिएकी छन् । उनले ८२६५ मत प्राप्त गरेर पहिलो स्थानमा अग्रता कायम राखेकी छन् । मुख्य प्रतिस्पर्धी मानिएको नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार खेमराज पौडेल ३६८२ मत पाएर दोस्रो स्थानमा छन् ।
३ वटा वडाका कुल १२ हजार ६ सय २६ मत गन्ने काम सकिएको हो । जसमा वैकल्पिक राजनीतिक शक्ति भनिएको रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीले ९० मत पाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu