अर्घाखाँचीको मालारानीमा नेपाली काँग्रेस विजयी
अर्घाखाँची । जिल्लाको मालारानी गाउँपालिका वडा नं ३ मा वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेपाली काँग्रेसका शोभाखर खनाल विजयी भएका छन् ।
खनालले ११ सय ५१ मत प्राप्त गरी विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्धन्दी नेकपाका यमलाल खनालले १०५३ मत प्राप्त गर्दै पराजित भएका हुन् । खनाल १ सय ६ मतान्तरले विजयी भएका हुन् ।राप्रपाबाट उम्मेदवार बनेका रणबहादुर खनालले भने ४ मत मात्रै प्राप्त गरेका छन् । विजयी शोभाखर खनाल गएको निर्वाचनमा एमालेका जिवन चौहानसंग ३६ मतले पराजित भएका थिए ।
तीन हजार ११ मतदाता रहेको उक्त वडामा ९ मत बदर भएको छ । तत्कालीन वडाध्यक्ष जीवन चौहानको सडक दुर्घटनामा निधन भएपछि रिक्त रहेको वडाध्यक्ष पदमा उपनिर्वाचन भएको हो ।